Section 32
वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना
: (१) वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्किआएका कामदार तथा निजको परिवारको सामाजिक सुरक्षा तथा कल्याणको लागि बोर्ड मातहत रहने गरी एक वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्ः–
(क) वैदेशिक रोजगारमा जानुअघि कामदारले तोकिए बमोजिम जम्मा गरेको रकम,
(ख) दफा ११ को उपदफा (२) बमोजिम राखिएको धरौटी रकम तोकिए बमोजिम परिचालन गरी सोबाट प्राप्त ब्याज रकम,
(ग) इजाजतपत्र दस्तुर र सो को नवीकरण दस्तुर बापत प्राप्त रकम,
(घ) दफा २८ बमोजिम तालीम सञ्चालन गर्ने संस्थालाई दिइने अनुमतिपत्र दस्तुर र सो को नवीकरण दस्तुर बापत प्राप्त रकम,
(ङ) वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित संस्थाबाट समय–समयमा कोषलाई प्राप्त रकम,
(च) स्वदेशी वा विदेशी व्यक्ति वा निकायबाट प्राप्त अनुदान तथा सहयोग रकम ।
(३) उपदफा (२) को खण्ड (च) बमोजिम विदेशी व्यक्ति वा निकायबाट सहयोग रकम प्राप्त गर्नुअघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
स्पष्टीकरण : यस ऐनको प्रयोजनका लागि “परिवार” भन्नाले वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्किआएका कामदार आफैले पालन पोषण गर्नु पर्ने पति वा पत्नी, छोरा, छोरी वा आमा, बाबुतथा महिला कामदारको हकमा निजको सासूससुरा समेतलाई जनाउँछ ।